एजेन्सी १० असार ।
चीनको जियाङग्सु प्रान्तमा आएको शक्तिशाली तुफानका कारण ९८ जनाको मृत्यु भएको छ । घटनामा करिब आठ सय जना घाइते भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको जनाएको छ । तुफानका कारण जियाङग्सु स्थित याचेंग शहरमा थुप्रै घरहरु भत्किएको चिनियाँ समाचार संस्था सिन्ह्वा जनाएको छ ।
तुफानका कारण २ लाख मानिस बिस्थापित भएको र त्यस क्षेत्रमा अहिले उद्धार कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । तुफान पछि त्यस क्षेत्रमा सरकारले संकटकालको घोषणा गरेको छ ।
यस्तै चीनको मध्य क्षेत्रमा बाढीका कारण २२ जनाको मृत्यु भएको छ । बाढीका कारण दुई अर्ब सात करोड युआन बराबरको आर्थिक क्षति भएको चीन सरकारले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline