एजेन्सी ,९ असार ।
उत्तर कोरियाले अमेरीकासम्म मार हान्न सक्ने मिसाई आफ्नो देशमा रहेको बताएको छ ।
नेता किम जोङ उनले आफ्नो देश अमेरिकासम्म आक्रमण गर्न सक्क्षम भएको भन्दै उत्तर कोरीसँग शत्तिशाली मिसाईल रहेको बताउनु भयो ।
नेता उनले पछिल्लो मिसाइल परीक्षणले आफ्नो देश अमेरिकाको भूभागसम्म आक्रमण गर्न सक्षम भएको बताएको बिबिसीले उल्लेख गरेको छ ।
उत्तर कोरियाले बुधबार दुई वटा मध्यम दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । नेता उनले मिसाइल परीक्षणको क्रममा प्यासिफिक समुद्रसँग जोडिएको अमेरिकाको भूभागमा आक्रमण गर्न सक्ने बताउनु भएको हो ।
उत्तर कोरियाले बुधबार झण्डै चार सय किलोमिटरसम्म मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । दुई घण्टाको अन्तरालतमा गरेको परीक्षणमा पहिलो परीक्षण असफल भएको थियो । संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले मिसाइल परीक्षण गर्न रोकेको छैन ।