बेलायतमा जनमत संग्रह हुदै, इयुमा रहने नरहने फैसला हुने

बेलायतमा जनमत संग्रह हुदै, इयुमा रहने नरहने फैसला हुने

  • बिहिबार, असार ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी,असार ९।

बेलायत युरोपियन युनियन इयुमा रहने वा बाहिरिने भन्ने विषयमा आज जनमत संग्रह हुँदैछ ।

मतदान नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुने छ । मतपत्रमा बेलायत युरोपियन युनियनको सदस्य रहिरहनु पर्छ की पर्दैन भनेर सोधिने छ ।

मतदाताले पर्छ वा पर्दैन भन्ने पक्षमा आफ्नो निर्णायक मत दिन पाउने छन् । ५० प्रतिशत भन्दा बढी मत ल्याउने पक्ष विजयी भएको मानिने छ ।

बेलायतको इतिहासमा तेस्रो पटक हुन लागेको राष्ट्रिय जनमतसंग्रहमा चार करोड ६४ लाख ९९ हजार पाँच सय ३७ जनाले मतदान गर्ने बेलायती अधिकारीले जनाएका छन् ।

सत्तारुढ कन्जरभेटिभ पार्टी इयुको सदस्य रहनु पर्छ भन्ने पक्षमा छ भने विपक्षी लेबर पार्टीले छोड्न पर्ने पक्षको नेतृत्व गरेको छ । पछिल्ला सर्वेक्षणमा रहनु पर्छ भन्ने पक्षले केही मतले जित्ने देखाएका छन् ।

जनमत संग्रहको अन्तिम परिणाम भोली दिउँसो सम्म आइसक्ने बेलायतको निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी