एजेन्सी ५ असार ।
बेल्जियममा आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई आतंकवादी आक्रमण सम्बन्धी मुद्धा चलाइने भएको छ ।
उनीहरु ब्रसेल्समा तीन महिनाअघि भएको घातक बम विष्फोटपछि गरिएको अपरेसनका क्रममा पक्राउ परेका १२ जना मध्येका हुन् ।
बाँकी नौ जनालाई भने छाडिएको सरकारी अभियोजनकर्तालाई उधृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ ।
सोधपुछका लागि ४० भन्दा बढीलाई पक्राउ गरिएको थियो । बेल्जियममा पछिल्लो समय आईएसबाट आक्रमणका धेरै चेतावनीहरु आएको बताइन्छ ।
इस्लामिक अतिवादी संगठन आईएसले सिरिया छोडेर यूरोप तर्फ नयाँ आक्रमणको योजना बनाएको खुलेको बेल्जियम प्रहरीले जनाएको छ ।
गत मार्च २२ मा ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेसनमा गरिएको बम विष्फोटमा ३२ जनाको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline