एजेन्सी ५ असार ।
इराकी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको इराकको फलुजा शहर आफ्नो नियन्त्रणमा लिएको छ ।
इराकी प्रधानमन्त्री हैदर अल अबादीले लामो समय आइएसको नियन्त्रणमा रहेको फलुजाबाट आइएसलाई लखेट्न सेना सफल भएको बताउनुभयो ।
फलुजाका केही भागमा अझैपनि आइएसका लडाकु रहेपनि अधिकांश क्षेत्र सेनाको नियन्त्रणमा आएको जनाएको छ । बाँकी क्षेत्रमा पनि चाँडै नै सेनाले आइएसलाई परास्त गर्ने अबादीको दावी छ ।
सरकारी टेलिभिजन मार्फत गरेको सम्बोधनमा प्रधानमन्त्री अबादीले फलुजामा सरकारी सेनाले विजय प्राप्त गरेको जानकारी गराएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएक छन् ।
यसअघि सेनाले फलुजा शहरका सरकारी भवन आफ्नो नियन्त्रणमा लिएको थियो । आइएसले सन् २०१४ को जनवरीमा फलुजा शहरमा कब्जा जमाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline