एजेन्सी , १ असार ।
पश्चिम प्रशान्त महासागरमा जारी अमेरिका, भारत र जापानको संयुक्त समुद्री सैन्य तालिममा चीनले हस्तक्षेप गरेको छ । तीन देशका सैनिकहरु युद्धक समुद्री बहानसहित तालिममा व्यस्त रहेका बेला चिनियाँ युद्धक जहाजले तालिममा अवरोध र्पुयाएको हो ।
आज चीनको एक जासुसी जहाजले अमेरिकाले अमेरिकाको युद्धक जहाज अवतरण गराउने अत्याधुनिक र शक्तिशाली जोन सी स्टेनिसलाई पछ्याउँदै उसको नजिकै पुगेको थियो । चीनले आफ्नो दबदबा कायम गर्न लामो समयदेखि जुटिरहेको क्षेत्रमा तीन देशले सैन्य तालिम गरेको पाएपछि हस्तक्षेप गरेको हो ।
यही क्षेत्रमा आफ्नो प्रभाव बढाउनका लागि चीनले आफ्ना पनडुब्बी र युद्धक जहाजलाई दक्षिण चीन सागरमा तैनाथ गरेको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline