एजेन्सी १ असार ।
फ्रान्समा श्रम सुधारसम्बन्धी कानुनको विरोध गर्दै मजदुरले गरेको प्रदर्शनका क्रममा झडप हुँदा २९ सुरक्षाकर्मी सहित ४० जना घाइते भएका छन् ।
राजधानी पेरिसमा भएको प्रदर्शनका क्रममा करिब ६० जनालाई गिरफ्तार गरिएको छ । प्रदर्शनकारीले सरकारबिरुद्ध नारा लगाउँदै शहरको परिक्रमा गरेपछि यातायात सेवा समेत प्रभावित बनेको थियो ।
प्रदर्शनमा यातायात व्यवसायीदेखि विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरुको सहभागीता रहेको बताइएको छ । प्रदर्शनका कारण प्रख्यात आइफल टावरसमेत बन्द गर्नु परेको जनाइएको छ ।
फ्रान्समा श्रमसम्बन्धी कानुन तल्लो सदनले पारित गरेपछि माथिल्लो सदनले अनुमोदन गर्न बाँकी रहेकै बेला यसको विरोधमा प्रदर्शन भएको हो । प्रदर्शनका कारण फ्रान्समा जारी युरो कप फुटबलमा समेत असर पर्न सक्ने भन्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline