काठमाडौ, २८ जेठ ।
राजधानीको भृकुटि मण्डपमा जारी इक्यान शैक्षिक मेला आज सकिदैछ । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको उक्त मेलाको दैनिक ३० हजारले अवलोकन गरिरहेको आयोजकले जनाएको छ ।
गत शुक्रबारबाट सुरु भएको उक्र मेलामा विभिन्न मुलुकका विश्वविद्यालय तथा कलेजका २ सय भन्दा बढी स्टल तथा २५ वटा पेभिलियन राखिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो ।
मेलाले व्यवसाय प्रबद्र्धन गर्ने र सरोकारवाला अभिभावक, विद्यार्थीलाई सुचित गराइएको छ । मेलामा अष्ट्रेलियाको १८ वटा, न्यूजिल्याण्डको आठ वटा शैक्षिक संस्था रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline