एजेन्सी ,३० जेठ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले नँया राष्ट्रपति चयनका लागी यस बर्ष जनमत संग्रह नहुने बताउनु भएको छ ।
बिपक्षीले नयाँ राष्ट्रपति चयनका लागी जनमत संग्रह गर्नुपर्ने माग गरिरहेका बेला मडुरोको सो भनाई आएको हो ।
जनमत संग्रह गरी आफुलाई हटाउन बिपक्षी दल क्रियासिल रहेको भन्दै उहाले यस बर्ष जनमत संग्रह गर्ने समय नभएको बताउनु भयो ।
चरम आर्थिक संकटमा फसेको भेनेजुएलामा जनमत संग्रहको माग गर्दै हस्ताक्षर संकलन समेत गरेको थियो । संकलित हस्ताक्षरमध्ये छ लाखलाई त्यहाको निर्वाचन आयोगले किर्ते गरेको भन्दै अबैधानिक ठहर गरेको थियो ।
बिपक्षी दलले वर्तमान राष्ट्रपटि मडुरोको खराब नितीका कारण देशमा चरम आर्थिक संकट छाएको आरोप लगाउदै जनमत संग्रहको माग गरेको छ । तर वर्तमान राष्ट्रपति मडुरोले बिपक्षी दलले आफुलाई फसाउन खोजेको बताउदै आउनुभएको छ ।