काठमाण्डो, २९ जेठ । अमेरिकाको फ्लोरिडा राज्यस्थित ओरल्यान्डो सहरमा आज सांगीतिक कन्सर्टपछि गायिका क्रिस्टिना ग्रिमीलाई गोली हानी हत्या गरिएको छ ।
कार्यक्रमपछि प्रशंसकलाई ‘अटोग्राफ’ दिइरहेका बेला एकजना बन्दुकधारीले उनलाई गोली हानेको त्यहाँको प्रहरीले जनाएको छ । २२ वर्षीया क्रिस्टिनाको उपचारका क्रममा निधन भएको हो ।
क्रिस्टिनाका भाइले आक्रमणकारीलाई पक्रे पनि उसले आफूलाई पनि गोली हानेर आत्महत्या गरेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
