अमेरिकी राष्ट्रपति निर्वाचनमा ओबामाको समर्थन क्लिन्टनलाई

अमेरिकी राष्ट्रपति निर्वाचनमा ओबामाको समर्थन क्लिन्टनलाई

  • शुक्रबार, जेष्ठ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी २८ जेठ ।  

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्राटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टनको उमेदवारीलाई आधिकारिक रुपमा समर्थन गर्नुभएको छ ।

राष्ट्रपति ओबामाले सिनेटर सान्ड्रेससँगको छलफल पछि क्लिन्टनलाई आफ्नो समर्थन रहेको औपचारिक घोषणा गर्नुभएको हो । राष्ट्रपतिको निर्वाचनका लागि डेमोक्राटिक पार्टीका तर्फबाट क्लिन्टन र सिनेटर बर्नी सान्ड्रेस प्रतिस्पर्धामा छन् ।

ओबामाले एक भिडियो सन्देश जारी गर्दै क्लिन्टन राष्ट्रपतिको जिम्मेवारीका लागि अहिलेसम्मकै उत्कृष्ट र योग्य व्यक्ति रहेको बताउनुभएको छ ।

राष्ट्रपति ओबामा र क्लिन्टनले चाँडै नै राष्ट्रपति चुनावको संयुक्त प्रचारप्रसार अभियान सुरु गर्ने तयारी गरेका छन् । सन् २००८ मा ओबामा र क्लिन्टन राष्ट्रपति उम्मेदवारीका लागि प्रतिस्पर्धामा थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी