काठमाडौं,२४ जेठ
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा लगाइको ताला खोलिए पछि पठनपाठन कार्य आजदेखि सञ्चालनमा आएको छ ।
विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा ताला लगाए पछि नौ दिन अघिदेखि पठनपाठन कार्य भएको थियो ।
तीन दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको बैठकमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र नेकपा (एमाले)ले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु विश्वविद्यालयमा जारी गतिरोध हटाउने सहमति गरेपछि हिजो तालाबन्दी खोलिएको अनेरास्ववियुका सहसचिव नरेन्द्र कार्कीले जानकारी दिए ।
अनेरास्ववियुले विभिन्न शैक्षिक माग राख्दै उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।त्यस्तै नेपाली काँग्रेसले भने रजिष्ट्रारले सामाजिक सञ्जालमा आफ्ना नेताको अपमान गरेको भन्दै उनीहरूको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।