एजेन्सी ,२४ जेठ ।
श्रीलङकाको राजधानी कोलम्बो नजिक रहेको सेनाको बिस्फोटक पदार्थ राखिएको गोदममा आगलागी भएको छ ।
कोलम्बो नजिक रहेको सलावा क्याम्पमा आयो लाग्दा एक सैनिकको मृत्यु हुनुका साथै तीन जना घाईते भएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
स्थानीय प्रहरीका अनुसार घाईते तीनै जनालाई स्थानीय अस्पतामा नै उपचारका लागी लगिएको छ ।
तर स्थानीय टेलिभिजन सिरासालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाए अनुसार बिस्फोटका कारण एक सैनिकको मृत्यु हुनुका साथै दुई जना घाईते भएका छन् ।
बिस्फोटपछि क्याम्प नजिकका बासिन्दा सुरक्षित स्थानको खोजीमा घर बाहिर निस्केका छन् । तीन किलोमिटर परसम्म बिस्फोटक पदार्थका पुगेको छ ।
बिस्फोटक पदार्थका दुई वटा गोदामसम्म आगो फैलिएकाले नियन्त्रणमा लिन समस्या भएको श्रीलंकाका कानुन व्यवस्था मन्त्री सागला रत्नायकेले बताउनुभयो ।
अहिलेपनि आगो निभाउने प्रयास भइरहेको छ । सेनाको हातहियार तथा गोलाबारुदको भण्डार सलावामा भएको आगलागी तथा बिस्फोटको घटनाको छानबिनको जिम्मा प्रहरीको सिआइडीलाई दिइएको छ ।


