ईरानमा महिलालाई बलात्कार गरेको आरोपमा दुई जनालाई फाँसी

ईरानमा महिलालाई बलात्कार गरेको आरोपमा दुई जनालाई फाँसी

  • आइतवार, जेष्ठ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी ,२३ जेठ ।

इरानको सिराजमा महिलालाई बलात्कार गरेको आरोपमा दुईजनालाई आज फाँसीको सजाय दिइएको छ ।

दर्जनौ महिलालाई बलात्कार गरेको आरोपमा आमिन दि नाम गरेका ब्यत्तिलाई आज फाँसीको सजाय दिएको हो ।आमिन सन् २०१५ मा पक्राउ परेका थिए ।

प्रहरीले आमिनको जस्तै थर भएका १५ हजार व्यक्तिमाथि गरेको अनुसन्धानपछि उनी पक्राउ परेका थिए । प्रहरीको डिएनए जाँचबाट आमिन पक्राउ परेका थिए ।

प्रहरीका अनुसार आमिन दुई बर्ष अगाडी एक पटक मोबाइल चोरीको आरोपमा पनि पक्राउ परेका थिए । आमिन दिसँगै अर्का एक व्यक्तिलाई पनि बलात्कार कै आरोपमा फाँसीको सजाय दिइएको बताइएको छ ।
मानव अधिकारवादी संस्था एम्नेस्टि इन्टरनेशनलका अनुसार इरानले सन् २०१५ मा कम्तीमा ९७७ व्यक्तिलाई फाँसीको सजाय दिएको थियो ।
फाँसी दिइएका ती व्यक्तिहरुमा प्रायः लागू औषध ओसारपसारमा लागेकाहरु व्यक्तिहरु रहेका जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी