भारतको रायगढमा भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु , ३३ जना घाइते

भारतको रायगढमा भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु , ३३ जना घाइते

  • आइतवार, जेष्ठ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

एजेन्सी २३ जेठ ।
भारतको मुम्बई–पुणे सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । अन्य ३३ जना घाइते भएका छन् । बिहान करिब ३ बजेतिर मुम्बई–पुणे सडक खण्डको रायगढमा बसले कारलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

पुणेबाट मुम्बई तर्फ गइरहेको एक मारुती कारको टायर पन्चर भएपछि फेर्ने क्रममा साताराबाट मुम्बईतर्फ गइरहेको लक्जरी बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा ६ महिनाको बच्चाको सहित १० महिला र ६ पुरुष रहेका छन् । घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली उद्धारका लागि एम्बुलेन्स सहित घटनास्थलमा पुगेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी