नाइजरमा बोको हरामको आक्रमणबाट ३२ जना मारिए

नाइजरमा बोको हरामको आक्रमणबाट ३२ जना मारिए

  • आइतवार, जेष्ठ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

एजेन्सी २३ जेठ । 

अफ्रिकी मुलुक नाइजरमा बिद्रोही संगठन बोको हरामको आक्रमणबाट ३२ जना सुरक्षाकर्मी मृत्यु भएको छ । मारिनेमा दुई जना नाइजेरियाका सुरक्षाकर्मी रहेको जनाएको छ ।

बोको हरामले नाइजेरियासँग सीमा जोडिएको नाइजरको दक्षिणपूर्वी बजार बोस्सोमा आक्रमण गरेको अन्तर्राष्टिय सन्चारमाध्यमले जनाएका छन् ।

गत वर्षको अप्रिलमा ७४ जनाको ज्यान जाने गरि भएको आक्रमण पछिको यो नाइजरमा भएको सबै भन्दा ठूलो आक्रमण हो ।

बोस्सो बजारबाट बोको हरामका लडाकुलाई हटाउन स्थल तथा हवाई सेना प्रयोग गरिएको र अहिले अवस्था नियन्त्रणमा रहेको नाइजरको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

आर्मीको पोस्टलाई लक्षित गरि भएको उक्त आक्रमणमा अन्य १५ जना घाइते भएका छन् । घाइते हुनेमा नाइजेरियाका ८ तथा नाइजरका सात जना छन् ।

बोको हरामले भने ३५ जना सुरक्षाकर्मी मारिएको तथा ७० जना घाइते भएको दाबी गरेको छ । बोस्सो बजारमा बोको हरामको हिंसाका कारण विस्थापित भएका आन्तरिक शरणार्थीको बसोबास रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी