युएइ ।
नेपालमा बढदो राजनीतिक अस्थिरता ,गरीबी र बेरोजगारी को मुख्य कारण बनेको छ आज वैदेशिक रोजगार । आफु र आफ्नो परिवारको भबिस्य सुधार गर्न गर्न ति सुनौला सपना मात्र हैन आज रास्ट्र चलाउन कै लागि पनि बिदेशीनु पर्न बाध्यता मा फसि सकेका नेपाली नौजवान युवा युवतिको भिड आज दैनिक जसो वैदेशिक रोजगारी मा बढ्दैछ।
कोहि दक्ष त कोही बिना दक्षता भय पनि आफ्नो पसिना बेचेरै पेट पाल्नु पर्न यो भयावहक स्थितिको सामना गर्दै यति बेला कोहि खाडिमा त कोहि अन्य देशमा छर्पस्ट देखिन्छन यो सत्य लुकाउन सकिदैन । यसो हुनुमा हामी आफै पनि दोसि त छदै छौ सरकारले पनि समयमै उत्पादन र आत्मनिर्भरता लाइ ध्यान दिन नस्कनु नै ठुलो कारण हो ।
देशमा राजनीतिक खिचातानी कायमै रह्यो ,चाहे यहा जति ब्य्बस्था फेरियोस । आज भयका उत्पादन पनि मर्दै गय उद्योगधन्दा त कति हिजै बेचिय कत्ति आज बन्द भय ,देश अन्तरास्ट्रिय ऋण र वैदेशिक रोजगारी मा गयका नेपाली श्रमिक को भरमा चल्न थाल्यो । अनि होनहार युवा जनशक्ति समेत आफ्नो मन मारेरै भयनी बिदेशीन किन बाध्य नहुनु । त्यसोत ,वैदेशिक रोजगारीमा गयका नेपाली श्रमिकको अवस्था पनि कहा सहज रहयो र ..?हेपिने ,पेलिने ,र मिचिने अवस्था झनै बढ्यो भने वैदेशिक श्रम बजारमा रहेका नेपाली श्रमिक को अबस्था भगवान भरोसा बन्न पुगेको कुरा आज कसैले लुकाउन सक्दैन ।
दैनिक जसो लुटिने मारिने कुटिने र बलात्कार हुने र समग्रमा भन्नुपर्दा आफ्नो अस्थितो र स्वाभिमान नै भुलेर अरुको खटनमा चल्नुपर्न पिडा आज ति पिन्जडा मा परेका नेपाली बाहेक अरुलाइ के थाहा र । स्वदेश मा स्वाभिमान र रास्ट्रीयताको खोक्रो आदर्श ले पेट नभरिय पछी बिदेशी को दास बन्न छिरेका नेपाली को आफ्नै पिडा आफ्नै ब्यथा अनि केबल आफैमा । त्यसो त जसोतसो पसिना बेचेर गुजारा चलाउदै बिदेशी भुमिमा भौतारियका नेपाली नौजवान पनि झन यो बिसम परिस्थितिमा समेत आफ्नो स्वाभिमान र रास्ट्रीयता मात्रै हैन केहीले त आफ्नो इज्जत नै दाउमा राखेर ब्यापार गरेको देख्दा स्वाभिमानी अनि रास्ट्र प्रेमी नेपाली श्रमिक को छाती कसो चिरा चिरा नहोला ।
बिदेश छिर्न बितिक्कै आफ्नो पन र नेपाली मन लाइ भुल्ने सस्कार त त्यसैपनि आज यहा मौलाउदै छ भने ,अर्कातिर आफ्नो अस्थितो नै बिर्सिएर खुलेहाम (बिदेशी बजार मा नेपाली इज्जत को ब्यापार ) गरेको देख्दा चै साच्चै मन मात्र रुने हैन कहिले कहिँ नेपाली हु भन्न समेत लाज लाग्ने रहेछ । पैसा जिबन चलाउन आबस्यक एउटा आधार हो छ्णिक सुख पाउने साधन हो भन्ने कुरा सायद नबुझेका पनि हैनन होला ।तर खै ,खुलेहाम यसरी बिदेशी बजारमा नेपाली इज्जत को मोलमोलाइ आफ्नै कानले सुन्नु पर्दा चै आफैलाइ धिक्कार्न बाहेक केहि गर्न सकिदैन रहेछ । चोर्नु ,लुट्नु ,ठग्नु त केहि नेपाली श्रमिकको बिदेशमा अब राम्रो पेसा नै बनि सक्यो भने झन ,आफ्नो इज्जत बेच्ने र किन्ने नेपाली को ताती नै लाग्न थालेछ बिदेश मा अब कमिलाको जस्तै ताती ।
बिदेश जादा सुध्रेर आउछ ,बल्ल मान्छे बन्छ भन्ने बुढापाका को भनाइको अर्थ पनि अब सकिय झै अनुभुति हुन थाल्यो अब । हाट बजारमा किन्न राखेका सामान जस्तै छरपस्ट लिलाम बिक्री हुदा रहेछन नेपाली चेलिका इज्जत आज बिदेशी बजारमा । हुनत फ़ेरि मैले यसो भनी रहदा नेपाली चेलिहरुले मलाई आलोचना गर्न पनि सक्छन तर यो आजको बास्तबिकता हो आजको स्रब्य दृश्य हो यसलाइ कसैले लुकाउन सक्दैन । अझ दुखको कुरा त चेलिलाइ मात्रै के दोस दिनु खै त्यो खुल्ला बजारमा कत्ति पनि सङ्कोच नमानी पाहुना बनेर जाने नेपाली नौ जबान युवा को भिड पनि ति ब्यापारी हरुले थेग्नै नसकेको अबस्था देख्दा त स्वाभिमान बोकेर हिड्यको एक स्वाभिमानी नेपाली ले बिदेश मा अब खुलेर सायदै नेपाली हु भन्न सक्ला ।
भित्र किरापरेको आलुलाइ जतिनै सजाय नि आखिर कुहिएर झर्न कुरामा दुइमत छैन ,साच्चै अब नेपाल र नेपाली को नाम बिदेशी भुमिमा कुहिने अबस्थामा पुगेको छ । विकसित र एकल समाज भएको देशमा कस्ले कस्तो सस्कार बनाय त्यसको चियो चर्चो सायद नेपाली समाजले नगर्ला पनि न त त्यही सस्कार पचाउन सक्ला हाम्रो छुट्टै पहिचान बोकेको नेपाली समाजले । फ़ेरि यि कुरामा हामी खुल्ला भयकै हौ र सुइकार्य हो भनेत ओहो अब नेपाली समाज पनि त धेरै बिकसित भयछ भन्न हामिलाइ गार्हो नपर्ला तर केबल खुल्ला बजारमा ब्यापार गर्नमा बिकसित ।
त्यसोत मैले बिदेश आउने सबैलाई औला उठायको पनि हैन ,मैले त्यहा भने जहा नेपाली भासा नेपाली सस्कृती मान्ने जस्ता ,नेपाली भासा बोलेझै गर्न तर स्वाभिमान हराइ सकेका अनि साच्चै बिकसित भै सकेका ति ब्यापारी अनि ग्रहाक लाइ देखाउन खोजेको हु ।
यसमा गलत अर्थ नलागोस । सन्सारको जुन कुनामा रहे पनि आफु बिकसती हुन इज्जत को ब्यापार नगर्न अनि अबिकसित नै भयनी नेपाली मन नेपाली पन भयका तमाम नेपाली श्रमिक लाइ सधै सलाम गरिनेछ ।
अन्तमा :उल्लेखित बिसय र सबाल आजको अन्तरास्ट्रिय श्रम बजारमा देखियको बास्तबिकता हो यसलाई कसैले नकार्न सक्दैन ,छणिक आनन्द र सुख प्राप्तिका लागी गरिने अन्तरास्ट्रिय श्रम बजारका यस्ता ब्यापार ले दीर्घकालीन रूपमा नेपाल र नेपाली समाजको आफ्नो पहिचान ,स्वाभिमान र रास्ट्रीयता सधैको लागी लोप नहोस । त्यतिखेर हामी बिकसित त हुनेछौ तर आफ्नो स्वाभिमान भने सधैका लागी गुमाइ सकेका हुनेछौ । सुसान आचार्य (रबि) हाल यु ए इ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline