काठमाडौ ,२२ जेठ ।
भूमध्येसागरमा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट तीन सय ४० जनालाई जीवितै उद्धार गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
ग्रिसको क्रेट द्धिपबाट एक सय ४० किलोमिटर दक्षिण तर्फको समुद्रमा डुंगा डुबेको हो । डुंगामा सवार अन्य थुपै्र मानिस हराइरहेकाले खोजी भइरहेको सरकारी अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।
उद्धार तथा राहतका लागि विमान, पानी जहाज र हेलिकप्टर प्रयोग गरिएको छ । उक्त डुंगा अफ्रिकाबाट आप्रवासी लिएर छुटेको हुन सक्ने अनुमान गरिएको छ ।
२५ मिटर लामो डुंगामा कम्तिमा सात सय जना चढेको हुन सक्ने आप्रवासीका लागि अन्तर्राष्ट्रिय संस्थाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline