एजेन्सी २१ जेठ ।
सशस्त्र विद्रोही संगठन इस्लामिक स्टेट आइएसले पहुँच र गतिविधि बढाउदै लगेको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।
अमेरिकी विदेश विभागले वार्षिक प्रतिवेदन सर्वजनिक गर्दै सन् २०१५ मा आइएसको पहुँच र गतिविधि बढेकाले खतरा बढेको जनाएको छ ।
अमेरिकाले इरानले आतंकवादलाई सबैभन्दा बढावा दिने गरेको आरोप समेत लगाएको छ ।
लश्कर ए तोएबा, जेश ए मोहम्मद जस्ता विद्रोही संगठन विरुद्ध इरानले ठोस कारबाही गर्न नसेको प्रतिवेदनमा उल्लेख छ ।
इरानले अन्तर्राष्ट्रिय समुदायसँग परमाणु सम्बन्धी सम्झौता गरेपनि विद्रोही संगठनलाई प्रशिक्षण तथा आर्थिक सहयोग गरिरहेको अमेरिकाको दाबी छ ।
प्रतिवेदन अनुसार सन् २०१५ मा विद्रोही संगठन विरुद्धको कारबाही १३ प्रतिशतले घटेको छ । यस्तै बंगलादेशमा हिंसात्मक गतिविधि बढ्दै गएको पाइएको छ ।
इराक र सिरियामा आइएसले कब्जामा लिएको ठाउँ नियन्त्रण बाहिर हुँदै गएको र विश्वभर आइएसको खतरा रहेको प्रतिवेदनले जनाएको छ ।