सोमालियामा भएको आक्रमणमा २ सांसदसहित १० जनाको मृत्यु

सोमालियामा भएको आक्रमणमा २ सांसदसहित १० जनाको मृत्यु

  • बिहिबार, जेष्ठ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी ,२० जेठ ।

सोमालियाको राजधानी मोगादिशुमा रहेको एमबासडर होटलमा बन्दुकधारीले आक्रमण गर्दा परि दुई सांसद सहित १० जनाको मृत्यु भएको छ ।

होटल भित्र अन्धाधुन्ध गोलि चलाउदा अन्य ५० जना भन्दा धेरै घाइते भएका छन् ।
आक्रमणकारीले मोगादिशुको मध्येभागमा रहेको एमबासडर होटलको गेटमा कार बम विस्फोट गराएपछि होटल भित्र पसेर गोली चलाएका थिए ।

बिस्फोट तथा गोली लागेर ज्यान जानेमा दुई जना सांसद पनि रहेको सोमालियाको सरकारी समाचार संस्थाले जनाएको छ ।

आक्रमणको जिम्मेवारी बिद्रोही समूह अल–शबाबले लिएको छ । अल–शबाबले नेता तथा सरकारी अधिकारी बढी जाने होटललाई लक्षित गरी बिस्फोट गराएको हो ।

बिस्फोटका कारण भवनपनि क्षतिग्रस्त भएको छ । सोमालियामा अल–शबाबले संयुक्त राष्ट्रसंघ समर्थित सरकारसँग संघर्ष गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी