थाईल्याण्डको बौद्ध स्तुपामा ४० वटा बाघ मृत फेला

थाईल्याण्डको बौद्ध स्तुपामा ४० वटा बाघ मृत फेला

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी ,१९ जेठ ।

थाईल्याण्डको कन्चनाबुरीस्थित एक बौद्ध स्तुपामा फ्रिजरमा राखिएको अवस्थामा बाघका ४० वटा डमरु मृत फेला परेका छन् ।

थाई अधिकारीहरुले वन्यजन्तुको तस्करी हुने गरेको आशंकामा स्तु्पामा छापा मार्दा सो संख्यामा मृत डमरु फेला परेका हनु् ।

स्तुपाका अधिकारीहरु माथि वन्यजन्तुको ओसारपसार तथा तस्करीको आरोप लगाईएको छ । तर त्यहाँका भिक्षुहरुले आफुहरुको यस घटनामा कुनै संलग्ना नरहेको बताएका छन् ।

घटनापछि प्रसिद्ध पर्यटकस्थल कञ्चनाबुरी क्षेत्र अहिले पर्यटकका लागि बन्द गरिएको छ ।

प्रहरी र वन्यजन्तु कार्यालयका अधिकारीले कञ्चनाबुरी क्षेत्रमा रहेका स्तुपा र आसपासमा थालेको खोजविनका क्रमममा यसअघि पनि स्तुपाभित्रबाट ४० वटा र बाहिरबाट १ सय ३७ वटा जिउँदा बाघ फेला परेका थिए ।

अन्य जनावरका अङ्ग समेत फेला परेको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी