विश्वमै लामो र गहिरो रेल मार्ग सन्चालनमा

विश्वमै लामो र गहिरो रेल मार्ग सन्चालनमा

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी ,१९ जेठ ।
संसारको सबैभन्दा लामो र गहिरो रेलवे सुरुङ औपचारीक रुपमा सन्चालनमा आएको छ ।

स्विट्जरल्याण्डमा दुई दशक अघि देखि निर्माण सुरु गरिएको सुरुङमार्ग ५७ दशमलभ १ किलोमिटरको लामो रहेको छ ।

सन् १९ ९२ मा बनाउन सुरु गरिएको सो मार्गको निर्माण लागत १२ अर्ब पचास करोड डलर रहेको जनाईएको छ । पहाडको दुई दशमलभ तीन किलोमिटर भित्रबाट निर्माण गरिएको सुरुङमार्ग निर्माणका लागी दुई हजार छ सय मजदुर खटिएका थिए ।

जसमध्ये आठ जना मजदुरको मृत्यु भएको निर्माण कम्पनीले जनाएको छ ।

सो रेलमार्गले स्वीजल्याण्डको उत्तरी र दक्षीणी युरोपलाई सडकमार्गले जोड्नका साथै ब्यापार प्रवद्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको बिबिसिले जनाएको छ ।

स्वीस अधिकारीहरुले रेलवे सुरुङ निर्मााण कार्य सम्पन्न गरी सन्चालनमा ल्याएसँगै रेलवे सन्चालनको क्षेत्रमा अभुतपूर्व विकास भएको दाबी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी