जेष्ठ १७ ०७३ काठमाण्डौं । एकाएक कन्चनपुरबाट पोर्न स्टार बन्ने भनेर चर्चा र विवादमा एकसाथ आएकी अर्चना पनेरुले अहिले नेपाली फिल्म छेस्कोमा अभिनय गर्ने मौका पाएकी छन् । यसमा पनि केही उत्तेजनात्मक दृष्यहरु देखिन्छ ।
कन्चनपुरमा बाउ देखि गाउ घरबाट समेत विरोध भए पछि अहिले राजधानी आएकी अर्चनालाई काठमाण्डौंमै समेत ६ महिनामा चार पटक घरबेटीले अर्चना भनेको थाहा पाए पछि निकाल्दिने गरेको उनको भनाई छ ।
कन्चनपुरमा बाबुले नै घरबाट निकाला गरेको र गाउलेले पनि घर घेराउ गर्ने गरे पछि आफू काठमाण्डौं आएकी हु अर्चना भन्छिन् ।
उनी कुनै पनि मुल्यमा अबको तीन चार वर्ष भित्र विदेशमा पुगेर पोर्न मुभिमा खेलेरै छाड्ने उदेश्य रहेको बताउछिन् ।
आफ्नो बाबुले पहिलो श्रीमति ( जेठी आमा ) पट्टीकी २ वटा छोरीलाई मात्र माया गर्ने गरेको अर्चनाको भनाई छ ।
छेस्को फिल्ममा पनि बाबु आमाले छोरा छोरीलाई ध्यान नदिदा कसरी बच्चाहरु बिग्रन्छन् भन्ने सन्देश दिन खोजिएको नायक करण बताउछन् ।
अर्चना भन्छिन् अहिले काठमाण्डौं बस्न पनि हामीलाई गाह्रो भईरहेको छ । छ महिनामा तीन चार पटक डेरा सरिसकेका छौं ।
सन्नी लियोनीलाई आईडल मान्ने अर्चना नायक निखिल उप्रेतीको फ्यान भएको बताउछीन् ।
समाजले जति विरोध गरे पनि आफू पोर्न स्टार बनेरै छाड्ने अठोट गरेकी उनले अब बिदेशी भूमि ताक्न थालेकी हुन् ।
उनको यो अभियानमा आमा पनि सहयोगी बनिरहेकी छन् ।
अर्चना पनेरुको पहिलो डेब्यु चलचित्र छेस्को यही जेष्ठ २१ गते शुक्रबारबाट देशभर ९१ वटा हलबाट एकसाथ रिलिज हुदै छ ।


