दक्षिणबासीको प्रश्न– सिडिओ साव मध्यरातमा खेतमा डोजरलाउनेलाई कारवाही हुन्छ की हुदैन ?

दक्षिणबासीको प्रश्न– सिडिओ साव मध्यरातमा खेतमा डोजरलाउनेलाई कारवाही हुन्छ की हुदैन ?

  • आइतवार, जेष्ठ १६, २०७३
  • अमर डोटेल

  • 14.3K
    SHARES

मन्जुरी विना मध्येरातमा खेतमा डोजर लगाएर अन्नपात नष्ट तथा आफ्नो जग्गा अधिग्रहण गर्नेलाई कारवाहीको माग गर्दै जिल्लाको दक्षिण भेग पाङराङका दुइ किसान न्यायको खोजिको लागि सदरमुकाम आएका छन् ।

पाङराङ २ निवासी बालकृष्ण पाण्डे र यामु पाण्डे न्यायको खोजी गरिदिन भन्दै सदरमुकाम आएका हुन । आफुहरुको नाममा भएको खेतमा डोजर हाल्न मन्जुरी नदिएता पनि मध्यरातमा मोटरबाटो उपभोक्ता समितिले जबरजस्ती खेतमा डोजरलगाएर आफुहरुको विचल्ली पारेको उनीहरुको गुनासो छ ।

बालकृष्ण पाण्डे भन्छन्, बाबुको नाममा भएको त्यही सानो टुक्रा खेत थियो त्यही पनि मध्यरातमा डोजर लगाएर तहसनहस बनाइ दिए, मजदुरी किसान गरेर घरपरिवार चलाउँदै आएको थिए अब त्यही सानो टुक्रा खेतमा डोजर हालिदिए म के गरु ? श्रीमती र म गरी दुइपटक सम्म जिल्ला प्रशासन र जिल्ला विकास समितिमा गयौं, प्राविधिक कार्यालयका प्रमुख इन्जीनियर महेन्द्र बानियाँले सहमतिविना बाटो नखन्नु, खनेमा बजेट रोक्छु भन्नु भयो तर शुक्रबार मध्यरातमा सुतेको बेलामा एकाएक खेतमा डोजर लगाइछ विहान खेतमा हेर्दा खेतमा लगाएको मकैसमेत थिए, खेत खनिएको देखे बालकृष्णले भने ।

अर्की पीडित यामु पाण्डेले आफूहरु पटकपटक जिल्ला प्रशासनमा आउँदा पनि अन्यायमा परेको बताइन ।

जिल्ला प्रशासनमा सिडिओ सावले सहमति विना बाटो नखन्नु भनेर हाम्रै अगाडी बाटोका अध्यक्षलाई फोन गर्नुभयो त्यसपछि ढुक्क भएर म चितवन आए तर यहाँ रातरात खेतमा डोजर लगाएर खेतको तहसनहस पारेको मलाई भाउजुले खबर गर्नुभयो हतारहतार गर्दै फेरि प्रशासनमा गुहारमाग्न शनिवार राती कुश्मा आइपुगे यामु पाण्डेले भनिन् ।

हामी असाय, गरिब भएका कारण केहि गर्न सक्दैनन भनेर यहाँका धनाढ्यहरुले राजनीतिको आडमा हाम्रो खेतमा डोजर लगाएर अतिक्रमण गरेछन्, अन्नपात नष्ट गरेछन् भोली यिनीहरुले म पाङराङमानै बसे भने घरमा आगो लगाउन, भत्काउन, मार्नपनि सक्छन् यसको केहि ग्यारेण्टी छैन उनले भनिन् ।

त्यसमाथि बालकृष्ण पाण्डेकी श्रीमतीले सिता पाण्डेले थप्दै भनिन्, रातमा खेतमा डोजर लगाएर खेत अधिग्रहण गर्नेले भोली हामी सुतेको बेलमा घरमानै डोजर लगाएर वा आगो लगाए पनि मार्न सक्छन् यसको कुनै भर भएन, हामी असुरक्षित देखियौ, राज्यले हाम्रो शान्ति सुरक्षाको ग्यारेण्टी गर्न सक्छ की सक्दैन उनले भनिन् ।
जिल्ला प्रशासनमा गुहार माग्न आएका दुइ दक्षिणबासी ८ घण्टाको बाटो हिडेर कुश्मा बजारमा आएका छन् । उनीहरुले आइतबार जिल्ला प्रशासनमा शान्ति सुरक्षाको साथै न्यायको लागि प्रजिअ ढकालसँग कुरा गर्ने र कसै नभए अदालत जाने बताए । उनीहरुले आफुहरु माथि भएको अन्यायको चिरफार गरी न्यायसहित क्षतीपूत्र्तिको समेत माग गरेका छन् ।

दुइ पटक सम्म जिल्ला प्रशासन र जिल्ला विकास समितिमा आएका उनीहरुले आफ्नो अधिकारको सुरक्षाका साथै न्यायको लागि वकालत गर्नको लागि प्रजिअलाई गुहार्ने बताए ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सहमति विना बाटो खन्न नहुने तर्क गरेका छन् । सहमति विना बाटो खन्न नहुने खने म जिल्ला विकास समिति र प्रहरीलाई बाटो रोक्नको लागि पत्र काट्नेछु ढकालले भने ।

नेपालको संविधान २०७२ ले सम्पत्तिको हकलाई मौलिक हकका रुपमा राखेता पनि आफ्नो सम्पत्तीमा आफ्नो हक नभएको अनुभूति भएको उनीहरुको गुनासो छ । सम्पत्तिको हकमा कुनै पनि व्यक्तिको चल वा अचल सम्पत्तिमाथि अधिग्रहण गर्न नपाइने व्यवस्था छ ।

तर राष्ट्रिय हित वा गैरकानूनी रुपले आर्जन गरेको भए धारा २५ को उपधारा २ र ३ मा उल्लेख गरीएको छ । यदि राष्ट्रिय हितका लागि भए व्यक्तिलाई क्षतीपूत्र्तिको आधार र कार्यप्रणाली बमोजिम हुने उल्लेख छ । अविवाहित यामु पाण्डे चितवनमा बहिनीको घरमा बस्दै आएकी छिन भने बालकृष्ण पाण्डे मजदूरी गरेर परिवार पाल्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी