पाकिस्तानले दिल्लीलाई पाच मिनेट भित्र ध्वस्त पार्ने खालको परमाणु हतियार विकास गर्ने बैज्ञानिकहरुको आविस्कारलाई परीक्षण गर्न नदिएको खुलासा

पाकिस्तानले दिल्लीलाई पाच मिनेट भित्र ध्वस्त पार्ने खालको परमाणु हतियार विकास गर्ने बैज्ञानिकहरुको आविस्कारलाई परीक्षण गर्न नदिएको खुलासा

  • आइतवार, जेष्ठ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

 पाकिस्तानले सन् १९८४ मा नै भारतको राजधानी दिल्लीलाई पाच मिनेट भित्र ध्वस्त पार्ने खालको परमाणु हतियार विकास गर्ने बैज्ञानिकहरुको आविस्कारलाई परीक्षण गर्न नदिएको खुलासा भएको छ ।

पाकिस्तानी परमाणु वैज्ञानिक डा. अब्दुल कादिर खानका अनुसार पाकिस्तानले सन् १९८४ मै परमाणु परीक्षणको सामथ्र्य राखिसकेको थियो, जसले केवल पाँच मिनेटमा भारतको राजधानी दिल्लीलाई ध्वस्त बनाउन सक्थ्यो । तर तत्कालिन सरकारले अनुमति नदिएका कारण उक्त परीक्षण स्थगित भएको उनले बताए ।

पाकिस्तान परमाणु शक्ति बनेको अवसरमा आयोजित एक सभालाई सम्बोधन गर्दै डा. खानले शनिबार साँझ भने, ‘रावलपिन्डीको कहुटा न्यूक्लियर सेन्टरबाट भारतको राजधानी दिल्लीलाई पाँच मिनेटमै निशाना बनाउन सकिने परमाणु शक्तिको परीक्षण त्यतिबेला पाकिस्तान सरकारको आग्रहमा रोकिएको हो ।’

उनले भने, ‘तत्कालिन राष्ट्रपति जनरल जिया उल हकले उक्त कार्यक्रम स्थगित गर्न आदेश दिए, पाकिस्तानले त्यस्तो परीक्षण गरेमा पाकिस्तानलाई दिइने विदेशी सहयोग रकम बन्द हुने भन्दै उनले यसको अनुमति दिएनन् ।’

डा. खानका अनुसार जनरल जियाको त्यो भनाईमा सत्यता पनि थियो । उनले भने, ‘त्यतिबेला सोभियत सेना अफगानिस्तानमा युद्ध गरिरहेको थियो र पाकिस्तानलाई अमेरिकी मद्दतका माध्यममा निकै ठूलो रकम प्राप्त भइरहेको थियो ।’

उनले पाकिस्तान परमाणु शक्ति सम्पन्न राष्ट्र हुनुमा आफ्नो महत्वपूर्ण भूमिका रहेको पनि प्रष्ट पारे । उल्लेखनीय छ, खानलाई पाकिस्तानको परमाणु कार्यक्रमको जनक मानिन्छ । तर सन् २००४ मा पाकिस्तान सरकारले उनलाई नजरबन्दमा राखेको थियो । उनले उत्तर कोरिया, इरान र लिबियालाई न्यूक्लियर टेक्नोलोजी बेचेको आरोप लागेको थियो ।

खानलाई सन् २००९ मा पाकिस्तान सरकारले रिहा गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी