काठमाडौ १४ जेठ ।
अमेरिकी राष्ट्रपतिको उमेदवारीका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले आवश्यक प्रतिनिधिको समर्थन जुटाएका छन् ।
भावी राष्ट्रपतिका लागि ट्रम्पले १ हजार २ सय ३८ प्रतिनिधिको समर्थन जुटाएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
यो संख्या नामांकनका लागि आवश्यक संख्याभन्दा एक प्रतिनिधि बढी हो । आगामी जुलाईमा हुने रिपब्लिकन पार्टीको सम्मेलनले उनको उम्मेदवारी बारे टुङ्गो लगाउनेछ ।
सार्वजनिक पदको कुनै अनुभव नभएका ट्रम्पले अन्य १६ जना दाबेदारलाई पछाडि पार्दै उम्मेदवारीका लागि आवश्यक समर्थन जुटाएका हुन् ।
विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहेको ट्रम्पले आफ्नो पार्टीबाट उम्मेदवारी पाए डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टन या बर्नी सैंडर्समध्ये एक जनासँग राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline