तेस्रो लिङ्गी विद्यार्थीको अधिकार विस्तार नितीको विरोध

तेस्रो लिङ्गी विद्यार्थीको अधिकार विस्तार नितीको विरोध

  • बिहिबार, जेष्ठ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी , १३ जेष्ठ ।
अमेरिकामा तेस्रो लिङ्गी विद्यार्थीको अधिकार विस्तार सम्बन्धी सरकारी नीतिको विरोध भएको छ । अमेरिकाका विभिन्न ११ वटा राज्यले तेस्रो लिङ्गी विद्यार्थीको अधिकार विस्तारसम्बन्धी सरकारी व्यवस्थाको विरोध गरेका हुन् ।

ह्वाइटहाउसले यसै महिना जारी गरेको निर्दे्शिकामा प्रत्येक विद्यार्थीले विद्यालयमा आफ्नो लिंग अनुसार शौचालय प्रयोग पाउनु पर्ने र सोही अनुसार व्यवस्था हुनु पर्ने निती बनाएपछि त्यासको बिरोध भएको हो ।

विसाल सामाजिक प्रयोगको नाम दिइएको सो व्यवस्थाले तेस्रो लिङ्गीको अधिकार विस्तार नभई अन्य विद्यार्थीको सुरक्षा खतरा बढाएको ती राज्यहरुको तर्क छ ।

अमेरिकी प्रशासनले सो व्यवस्था नमान्ने राज्यलाई शिक्षामा दिइदै आएको सहुलियत कटौती गर्ने चेतावनी दिएको थियो ।

तेस्रो लिङ्गीलाई समेत उनीहरुको लिङ्ग अनुसार शौचालय प्रयोग गर्न दिनाले विशेषगरी किशोरी र महिलामाथि आक्रमण हुनसक्ने भन्दै यसको विरोध भएको बीबीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी