आफ्ना नागरिकलाई युरोप प्रवेशमा फ्रि भिसा नदिए सम्झौता रोक्ने टर्कीस राष्ट्रपतिको चेतावनी

आफ्ना नागरिकलाई युरोप प्रवेशमा फ्रि भिसा नदिए सम्झौता रोक्ने टर्कीस राष्ट्रपतिको चेतावनी

  • बुधबार, जेष्ठ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी १२ जेठ ।  

टर्कीका राष्ट्रपति रिसेप तैयब अर्दोगानले आफ्ना नागरिकलाई यूरोप प्रवेशमा फ्रि भिसा सुविधा नदिए आप्रबासी सम्बन्धी सम्झौता फर्ता लिने चेतावनी दिनु भएको छ ।

राजधानी इस्तानबुलमा बोल्दै राष्ट्रपति अर्दोगानले युरोपेली युनियन इयुसँग भएको सम्झौता अनुसार पनि टर्कीलाई कुनै रकम नदिएको बताउनु भयो ।

गत मार्चमा टर्की र ईयूबीच आप्रबासी सम्बन्धमा महत्वपूर्ण सम्झौता भएको थियो । सम्झौता अनुसार ईयूले ६ दशमलब ७ विलियन डलरको कोष टर्कीलाई उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

इयूले भने टर्कीले प्रतिआतंकवाद सम्बन्धी कानुन लगायतका शर्त नमानेसम्म फ्रि भिसा दिन नसकिने बताएको छ । यूरोप प्रवेश गर्ने अत्यधिक आप्रवासीको आगमन नियन्त्रण गर्न टर्की र इयुबीच उक्त सम्झौता भएको थियो ।

सम्झौता अनुसार गत मार्च २० सम्म ग्रीस प्रवेश गरेका आप्रबासीले शरण स्वीकृतिका लागि आवेदन नदिए वा उनीहरु आप्रवासी प्रमाणित नभए उनीहरुलाई टर्की फिर्ता पठाइने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी