एजेन्सी, ११ जेठ ।
विश्व स्वास्थ्य संगठन डब्लु एचओले मध्यपूर्वी क्षेत्रमा फैलिएको जिका भाइरस गर्मी याममा युरोपसम्म प्रवेश गर्न सक्ने चेतावनी दिएको छ ।
डब्लु एचओका प्रमुख डा. मारग्रेट चानले लामखुट्टे नियन्त्रण गर्न सफल नभएकाले जिका भाइरस अब युरोपसम्म फैलिन सक्ने भन्दै सबैलाई सचेत रहन निर्देशन दिनु भएको छ ।
डा. चानले जिका भाइरसका लागि विश्वका कयौं राष्ट्र गम्भीर नभएका कारण यसको रोकथाम गर्न मुस्किल पर्ने प्रतिक्रिया दिनुभयो । ल्याटिन अमेरिकी र क्यारेबियन राष्ट्रका गर्भवती महिला जिका भाइरस संक्रमित भएको चानले बताउनु भयो ।
जिका भाइरसका संक्रमितका लागि हालसम्म कुनै औषधी तयार नभएका कारण थुप्रै महिलाको ज्यान जाने गरेको र नवजात शिशुको स्वास्थ्य अवस्था पनि गम्भीर हुने गरेको डब्लु एचओको दाबी छ ।
लामखुट्को टोकाईबाट सर्ने यो रोग हाल ६० भन्दा बढी मुलुकमा देखा परिसकेको छ ।