सिरियाका दुई शहरमा बम विस्फोट कम्तिमा ७८ जनाको मृत्यु

सिरियाका दुई शहरमा बम विस्फोट कम्तिमा ७८ जनाको मृत्यु

  • सोमवार, जेष्ठ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ ,१० जेठ ।
सिरियाका दुई शहरमा भएको बम विस्फोटमा परि कम्तिमा ७८ जनाको ज्यान गएको छ ।

सरकारी सेनाको पकडमा रहेको तटीय शहर टारटस र जाबलामा आत्मघाती बम विस्फोट हुँदा धेरैको ज्यान गएको मानवअधिकारवादी संस्था सिरियन अब्जर भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

आक्रमणकारीले मानिसको घुइँचो रहेको बसपार्क तथा अस्पताललाई लक्षित गरी विस्फाट गराएको सिरियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सरकारी सेनाको पकड रहेको यो क्षेत्रमा यस किसिमको आक्रमण निकै कम हुने गरेको थियो । बिद्रोही संगठन इस्लामिक स्टेट आइएससँग सम्बद्ध समाचार संस्थाले आक्रमणमा बिद्रोही समूहको हात रहेको उल्लेख गरेको छ ।

सिरियाको सरकारी टेलिभिजनले टारटसको बसपार्कमा एक जना पैदल आक्रमकारी र एक जना कारमा आएका आक्रमणकारीले आफैलाई विस्फोट गराएको उल्लेख गरेको छ । यस्तै जाबलाको बसपार्कमा रकेट आक्रमण भएको सरकारी समाचार संस्था सनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी