एजेन्सी ,१० जेठ ।
थाइल्याण्डको एक होस्टलमा भएको आगलागीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतक सबै सोही होस्टलमा बस्दै आएका छात्रा रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
गएराति स्थानीय समय अनुसार करिब ११ बजे थाइल्याण्डको उत्तरी प्रान्त चियाङ्ग राइस्थित होस्टलमा अचानक आगलागी भएको बिबीसीले जनाएको छ ।
आगलागीमा परी १७ छात्राको घटनास्थलमै मृत्यु भएको थियो । आगलागीमा परी घाइते भएका मध्यृ दुईजनाको अवस्था गम्भिर रहेको अधिकारीहरुले बताएका छन् ।
आगलागी भएको समयमा उक्त होस्टलमा ३८ जना छात्रा थिए । आगलागीका कारण भने खुल्न सकेको छैन । स्थानीय संस्थाले संचालन गर्दै आएको विद्यालयमा अध्ययनरत छात्राका लागि सो होस्टल प्रयोग हुँदै आएको थियो ।
उक्त होस्टलमा तीन देखि १३ बर्षसम्मका छात्रा बस्दै आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline