एजेन्सी, १० जेठ ।
इराकी प्रधानमन्त्री हैदर अल अबादीले विद्रोही संगठन इस्लामिक स्टेट आइएसलाई फलुजा सहर छाड्न चेतावनी दिनु भएको छ ।
आइएसलाई फलुजा शहरबाट हटाउनका लागि सैन्य अभियान सुरु गर्ने अबादीले बताउनु भयो । फलुजालाई सन् २०१४ मा आइएसले कब्जामा लिएको थियो ।
आइएसको कब्जामा रहेको फलुजा सहरका बासिन्दालाई यसअघि नै सहर छाड्न इराकी सेनाले निर्देशन दिइसकेको छ । फलुजामा ६० देखि ९० हजार मानिस हुन सक्ने बिबिसीले जनाएको छ ।
फलुजा सहरलाई २० हजार आर्मि र प्रहरीले चारैतिरबाट घेरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline