माओवादी केन्द्रः कर्मचारी नमिल्दा एउटै पार्टीका दुई संगठनद्धारा आधिकारीक ट्रेड युनियनको निर्वाचनमा मनोनयन दर्ता

माओवादी केन्द्रः कर्मचारी नमिल्दा एउटै पार्टीका दुई संगठनद्धारा आधिकारीक ट्रेड युनियनको निर्वाचनमा मनोनयन दर्ता

  • आइतवार, जेष्ठ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 21.3K
    SHARES

जेष्ठ ९ काठमाण्डौं । तात्कालीक एमाओवादी सहित सहित विभिन्न माओवादी घट्टक बीच पार्टी एकता भए पनि कर्मचारी सगंठनहरुबीच बिबाद भए पछि प्रचण्ड नेतृत्वको एमाओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन र क्रान्तिकारी माओवादी राम बहादुर थापा निकट राष्ट्रिय कर्मचारी संगठनले अलग अलग रुपमा आधिकारीक ट्रेड युनियनको चुनावका लागि उम्मेद्धारी आज दर्ता गराएका छन् ।

पार्टी एकता भएको ४ दिन नवित्दै आगामी जेष्ठ १९ गते हुने ट्रेड युनियनको निर्वाचनका लागि पुनर्गठित नेकपा माओवादी केन्द्र निकट संगठनकै नाममा दुवै कर्मचारी संगठनले उम्मेद्धारी दिए पछि विवाद बाहिर आएको हो ।

पुरानो एमाओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको तर्फबाट हरी रावल र बादल समुहसगै एकतामा गएको क्रान्तिकारी माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनको तर्फबाट प्रवास शाहको नेतृत्वमा गएको टोलीले मनोनयन गरेको हो ।

तर कतिपय तल्लो तहका कर्मचारीले भने शाह नेतृत्वको संगठन मोहन बैद्य निकट क्रान्तिकारी माओवादीसगै भएकाले यो मनोनयनलाई त्यसरी नै जोड्नु पर्ने तर्क गरेका छन् ।

तर यस विषयमा मिर्मिरेले सम्पर्क गर्दा शाहले आफ्नो पार्टी नै नेकपा माओवादी केन्द्र भएकाले बैद्य निकटको संगठन भन्न नमिल्ने तर्क गरे ।
उता राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मोहन मान स्वारले झण्डा , लोगो फेर्नु पर्ने जस्ता विषयमा एकतामा आएको टिमले कुरा उठाएको त्यो परिवर्तन जेष्ठ १९ पछि गरौं तर अहिले यसैबाट सगै जाउ भन्दा नमानेकाले दुई वटाको मनोनयन भएको बताए ।
उनले १० प्रतिशतको थ्रेसहोल्ड रहेकाले उम्मेद्धारी दिएको ६ वटा संगठन मध्य आफ्नो संगठनले दोस्रो या तेस्रो स्थान हासिल गर्न सक्ने दावी गरे ।

पार्टी एक भए पनि कर्मचारी संगठन नमिलेको देखे पछि तल्लो कमिटिमा रहेका कर्मचारीहरु भने असन्तुष्ट बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ