बंगलादेशमा चक्रवात तुफानका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । पाच लाख मानिस घरबार छाडेर निस्कन बाध्य भएका छन् । बंगलादेशको तटीय ईलाकामा शनिबार अपरान्ह चक्रवात पुगेको थियो ।
चक्रवातका कारण सयौं घरहरु डुबे भने कतिपय ठाउमा जमिनै भास्सिएको छ ।
चक्रवात तुफान कम हुदै गए पनि भारी वर्षा भईरहेका कारण उद्धार तथा राहतमा कठिनाई भईरहेको अधिकारीहरुले जनाएका छन् ।
चक्रवातका कारण देशभरको बन्दरगाह बन्द गरिएको छ भने बिजुली समेत प्रभावित भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline