काठमाडौं, ८ जेठ ।
सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथी हुने गरेको हिंसा तथा दूव्र्यवहार रोक्नका लागि राजधानीको माईतीघरमा मानव हाते साङ्लो कार्यक्रम सम्पन्न भएको छ ।
एक्सन एड नेपाल, युथ एड्भोकेशी नेपाल, होमनेट, राष्ट्रिय महिला अधिकार मञ्च, नेपाल महिला एकता समाज, सकारात्मक विकास सञ्चार केन्द्र, मैना बाल विकास समिति लगायत संस्थाहरूको संयुक्त आयोजनामा सुरक्षित सार्वजनिक स्थानः सुरक्षित महिला र किशोरी भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना भएको हो ।
कार्यक्रममा बोल्दै व्यवस्थापिका संसद महिला बालबालिका तथा समाज कल्याण समितिका सदस्य जीवन परियारले छोरीलाई सुरक्षित बनाउनका लागि घरैदेखि सुरू गरेर राजनीतिक पार्टी, संघसंस्था सबै निकायले जिम्मेवारपूर्वक अभियानमा लाग्नु पर्ने बताए ।
सांसद रामहरी सुवेदीले सुरक्षित शहर निर्माणका लागि एउटा साप्ताहिक कार्यक्रमले मात्र पुरा नहुने भन्दै शहरमा मात्र नभएर प्रत्येक गाऊँ टोलदेखि घरसम्मै पु¥याउन आफ्नो समितिले निरन्तर सहयोग गर्ने प्रतिबद्धतता जाहेर गरे ।
सांसद निशा कुमारी शाहले ५१ प्रतिशतको संख्यामा रहेका महिलानै दाईजो र अन्य विभिन्न हिंसामा पर्ने गरेको बताइन् । महिलामैत्री संविधान जारी गर्न आफुहरू सफल भए पनि त्यसको कार्यान्वयनका लागि महिला बालबालिका तथा समाज कल्याण समिति तिब्र रूपमा लागि परेको उनले बताइन् ।
एक्सन एड्का राष्ट्रिय निर्देशक विमल कुमार फुयाँलले पनि जबजम्म महिलाहरू लोकतान्त्रिक, स्वतन्त्र र सुरक्षित हुँदैनन्, तबसम्म राष्ट्र समृद्ध लोकतान्त्रिक र विकसित हुन सक्दैन त्यसको लागि सबै पक्ष मिलेर अगाडी बढ्नु पर्ने बताए । युथ एडभोकेशी नेपालका महासचिब सञ्जय खड्काले सार्वजनिक स्थानमा महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनका लागि यो अभियान थालनी गरिएको बताए ।
सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले सार्वजनिक स्थानलाई मपिहला मैत्री बनाउन घच्घच्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा सबैको सहयोग जरुरी रहेको बताए ।

