एजेन्सी ,७ जेठ ।
नाइजेरियमा हिंसात्मक गतिविधि गर्दै आएको बिद्रोही संगठन बोको हरामको अपहरणमा परेकी सेरा लुकाको उद्धार गरिएको छ ।
अपहरणमा परेको दुई वर्षपछि लुका नाम गरेकी छात्राको उद्धार गरिएको त्यहाँका सुरक्षाकर्मीलाई उदृत गर्दै अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
यस अघि बिहीबार पनि अमिना नामकी एक छात्राको उद्धार गरिएको थियो ।
पहिले अपहरण गरेर नियन्त्रणमा राखेका दुई सय १९ स्कुले छात्रा मध्ये दुईको उद्धार भएको हो ।
सन् २०१४ को अप्रिल १४ मा उत्तर पूर्वी नाइजेरियाको चिबोकमा रहेको एक स्कुलबाट बोको हरामले दुई सय ७६ स्केले छात्रालाई अपहरण गरेकामा केही छात्रा त्यसबेला नै भागेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline