काठमाण्डौ ,७ जेठ ।
नेपाल बिद्युत प्राधिकरणले आजदेखी लागु हुने गरी लोडसेडिङको समय अवाधि घटाएको छ । नदिहरुमा जलस्तर बढ्ने क्रममा रहेको भन्दै प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ घटाएको हो ।
यसअघि सातामा ७७ घण्टा विद्युत कटौती हुदै आएकोमा नयाँ तालिका अनुसार सातामा ७० घण्टा मात्र विद्युत कटौती हुनेछ ।
प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार सातामा २ दिन नौ घण्टा, दुई दिन १० घण्टा, दुई दिन साढे १० घण्टा र एकदिन ११ घण्टा लोडसेडिङ हुनेछ ।
अत्याधिक चुहावट हुने फिडरको हकमा भने लोडसेडिङको समय १ घण्टा देखी ६ घण्टासम्म थप गरिएको प्राधिकरणले जनाएको छ ।
यसैबिच प्राधिकरणले लोडसेडिङलाई न्युनिकरण गर्न साँझको समयमा बिद्युत खपत बढि हुने उपकरण प्रयोग नगर्न सार्वसाधारणलाई आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
