आजबाट दैनिक एकघण्टा लोडसेडिङ घट्यो (तालिकासहित)

आजबाट दैनिक एकघण्टा लोडसेडिङ घट्यो (तालिकासहित)

  • शुक्रबार, जेष्ठ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ ,७ जेठ ।  

नेपाल बिद्युत प्राधिकरणले आजदेखी लागु हुने गरी लोडसेडिङको समय अवाधि घटाएको छ ।  नदिहरुमा जलस्तर बढ्ने क्रममा रहेको भन्दै प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ घटाएको हो ।

यसअघि सातामा ७७ घण्टा विद्युत कटौती हुदै आएकोमा नयाँ तालिका अनुसार सातामा ७० घण्टा मात्र विद्युत कटौती हुनेछ ।

प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार सातामा २ दिन नौ घण्टा, दुई दिन १० घण्टा, दुई दिन साढे १० घण्टा र एकदिन ११ घण्टा लोडसेडिङ हुनेछ ।

अत्याधिक चुहावट हुने फिडरको हकमा भने लोडसेडिङको समय १ घण्टा देखी ६ घण्टासम्म थप गरिएको प्राधिकरणले जनाएको छ ।

यसैबिच प्राधिकरणले लोडसेडिङलाई न्युनिकरण गर्न साँझको समयमा बिद्युत खपत बढि हुने उपकरण प्रयोग नगर्न सार्वसाधारणलाई आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ