नेपालको नयाँ संविधान र राष्ट निर्माण विषयक छलफल फुङलिङमा सम्पन्न

नेपालको नयाँ संविधान र राष्ट निर्माण विषयक छलफल फुङलिङमा सम्पन्न

  • बिहिबार, जेष्ठ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

६, जेष्ठ, ताप्लेजुङ।
संविधानको पक्ष र विपक्षमा देशमाविरोध र समर्थनको आन्दोलन र बहस चलिरहेको अवस्थामाताप्लेजुङ सदरमुकाममा समसामयिकअध्ययन केन्दद्वारा आयोजित नेपालको नयाँ संविधान र राष्ट्र निर्माण विषयक छलफल सम्पन्नभएको छ ।
फुङलिङ स्थित मेवाखोला रिसोर्टको सभाहलमाबिहान ९ बजेदेखि मध्यान्न१२ बजेसम्मचलेको उक्त छलफल कार्यक्रममाजिल्लाका पार्टी प्रमुखतथाप्रतिनिधी र विभिन्न सरोकारवालालगायत सर्बसाधरणको उपस्थितिथियो ।
छलफल नेपालको नयाँ संविधानको सकरात्मक र नकरात्मकपक्ष साथै अहिलेको नयाँ संविधानलाई टेकेर राष्ट्रनिर्माणको संभावनामा केन्द्रीतभएको थियो ।
छलफलमा सहभागीनयाँशक्ति नेपाल, संघीय लिम्बुवान पार्टी, नेपाल, विभिन्नधार्मिक संघ संस्थासबैले संविधानको सकरात्मक र नकरात्मक पाटोहरू भएपनि देशमाब्यप्त राजनैतिकअस्थिरतालाई पूर्ण रुपमाहलगर्नको लागिजातीय, सामाजिकमुद्धालाई संबोधन गरी संविधानको आवश्यक्ताअनुसार संसोधन गरेर कार्यान्वयनगर्नुपर्ने बताए ।

नेकपा (एमाले) प्रतिनिधि राजेश प्याकुरेल र नेपालीकाँग्रेसकामहासमिति सदस्यतथापूर्व जिल्ला सभापति केशब प्रसाददाहालले संविधानको बचाऊ गरे । दाहालले संविधानविश्वको उतकृष्ट बनेको र सबैको अधिकार सुनिश्चितभएको जिकिर गरे । उनले संविधानमाव्यवस्थाभएबमोजिमको आरक्षण र कोटा प्रणालीलाई खारेज गरी खुल्ला रुपले अगाडि बढ्नु पर्ने समेत जिकिर गरे ।
छलफलकै क्रममाधनविक्रमइंवारमले “धर्म निरपेक्षताएकातिर संविधानमाउल्लेख गर्ने र अर्को तर्फ धर्म परिवर्तन गर्न वा गराउननहुने” व्यवस्थागरिएकोले संविधानको धाराहरु बाझेको छ । त्यस कारण राष्ट्रको निर्माण अहिलेको संविधानबाट आशगर्न नसकिने बताए ।

समसामयिकअध्ययन केन्द्र सदस्य, परराष्ट्रविद तथाप्राध्यापकलोकराज बरालले अहिलेको अवस्था र बर्तमान राज्य व्यवस्थाबाट राष्ट्र निर्माण संभवनभएको औँल्याए । केन्द्रकाअर्का सदस्य, परराष्ट्रविद तथाप्राध्यापक कृष्ण हाछेतुले अहिलेको संविधानलागु गराउन देशका राजनीतिकदलकै कारण अहिले कठिन भएको बताए । हाछेतुले बिशेष गरी नेपालीकाँग्रेस र नेकपा (एमाले) ले जनता समक्षआफूले संविधान सभाको दोश्रो निर्वाचनमाजनाएको प्रतिबद्धता पूरा नगर्दा संविधानकार्यान्वयनमा समस्याआएको टिप्पणी गरे ।

अहिलेको संविधान सामाजिक सम्झौताको आधारमानभएर राजनीतिक सम्झौताको आधारमाबनेको हुनाले देशमा संविधानबने पनि राजनैतिकअस्थिरता र आन्दोलनभईरहेको बताए । हाछेतुले भने “संविधानको इतिहासलाई हर्ने हो भने सबै संविधानतत्कालिनराजनैतिक सम्झौतातथा सन्तुलनको आधारमाआएको छ । त्यस कारण सबै संविधानहरू टिक्न नसकेको र २०७२ सालको संविधानपनियथास्थितिमा टिक्न सक्दैन ।” दीर्घकालसम्म टिक्ने संविधाननिर्माण गर्नको लागिमुलुकमा रहेको जातीय समस्या, उप्पीडित समुदायलगायतका सामाजिक मुद्धाको पूर्ण संबोधनगर्न संविधान संसोधन गरी लागु गराउनु पर्ने बताए ।

नेपालकाआदिवासीजनजाती र मधेसीलाई नेपालको संविधान २०७२ बेमेलको बिबाह जस्तै भएको टिप्पणी गरे । संविधानमा समानुपातिकप्रतिनिधित्व र समाबेसी कोटा बाहिर ४० प्रतिशतको हौवा फैलाईए पनि संविधानमा ९ प्रतिशतमासिमित रहेको खुलाशा समेत गरे । वर्तमान संविधानको बिकल्पखोज्नुभन्दा संविधान लेख्नको लगि ठूलो धनराशीखर्च भएको कारण संविधानले खासगरी आदिवासीजनजाती र मधेशीलगायतअल्पसंख्यक, दलित र विभिन्न समुदायलाई समेटेर पूर्ण संसोधन गरी लागु गराउनु सान्र्दभिक रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ