एजेन्सी ,५ जेठ ।
दुई दिनदेखि परेको भारी वर्षाका कारण भारतको तमिलनाडु र आन्द्र प्रदेशमा त्यस क्षेत्रमा शक्तिशाली आँधीको चेतावनी दिइएको छ ।
तमिलनाडुको राजधानी चेन्नाई र आन्द्र प्रदेशमा ४८ घन्टाभित्र चक्रवात आँधी आउनसक्ने भन्दै सजग गराउनका साथै माझीहरुलाई समुद्रमा जान रोक लगाइएको छ ।
भारी वर्षाका कारण हजारौं मानिस प्रभावित भएका छन् । घर–घरमा पानी जमेकाले जनजीवन कस्टकर बन्नुका साथै प्रभावित क्षेत्रमा विद्यालय र कलेजहरु बन्द गरिएका छन् ।
यसअघि, गत महिनामा पनि चेन्नईमा सात दिनसम्म पानी पर्दा सयौं मानिस विस्थापित भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline