एजेन्सी , ३ जेठ ।
यमनको दक्षीणी तटमा रहेको प्रहरी चौकिमाथि बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आत्मघाती बम आक्रमण गर्दा ३१ प्रहरीको मृत्यु भएको छ । घटनामा कम्तिमा ६० जना घाइते भएका छन् ।
मुकाल्लामा रहेको प्रहरीको बेस क्याम्पमा प्रहरीहरु बाहिर चौरमा लाइनका बसेका बेला प्रवेश गरेर आक्रमणकारीले आफैलाई विस्फोट गराएका थिए ।
आक्रमणकारी आफू पनि प्रहरीको लाइनमा बसेको र आफूलाई विस्फोट गराएको सरकारी अधिकारीले बताएका छन् ।
घाईतेहरुको हाडरामावत प्रान्तको राजधानी मुकाल्लाको अस्पतालमा उपचार भइरहेको छ । यमनमा सन् २०११ देखि चलिरहेको द्वन्द्वका कारण अहिलेसम्म २० लाख मानिस विस्थापित भएका छन् ।
साउदी अेरिबया नेतृत्वको गठबन्धन सेनाले यमनमा बिद्रोही विरुद्ध कारबाही अभियान चलाइरहेको छ । गठबन्धन सेनाले गएको महिना मुकाल्लाबाट अल कायदालाई लखेटेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline