एजेन्सी २ जेठ ।
सिरियाको डेर अल जौरको अस्पताल परिसर कब्जा गर्ने गर्न गएका विद्रोही संगठन इस्लामिक स्टेट आइएस र सरकारी सेनाबीच भएको भिडन्तमा ५५ जना मारिएका छन् ।
मारिनेमा ३५ जना सरकारी अधिकारी रहेका छन् भने २० जना आईएस लडाकू रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । घटनामा अस्पतालका केही कर्मचारीलाई आईएस लडाकुले नियन्त्रणमा लिएका छन् ।
सिरियाको पूर्वी क्षेत्रमा रहेको अल असाद अस्पताल कब्जा गर्न गएका आईएस लडाकूलाई लामो भिडन्तपछि त्यहाँबाट विस्थापित गर्न सिरियाली सरकार सफल भएको अधिकारीहरुले बताएका छन् ।
लडाकूले उक्त स्थानमा दुई वर्षदेखि सरकार नियन्त्रित क्षेत्र आफ्नो कब्जामा लिनुका साथै दुई लाखभन्दा बढी सर्वसाधारणलाई बन्धक बनाउदै आएका आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline