अमेरिकाद्धारा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सन्चालन

अमेरिकाद्धारा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सन्चालन

  • शुक्रबार, बैशाख ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ३१ वैशाख ।  

अमेरिकाले युरोपेली मुलुक रोमानियामा ८० करोड अमेरिकी डलरको लगानीमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सञ्चालनमा ल्याएको छ ।

रोमानियाको राजधानी बुकारेष्टबाट १८० मिलोमिटर दक्षिणस्थित देभेसेलु शहरमा सञ्चालनमा ल्याइएको उक्त शिविरले रोमानिया र अन्य युरोपियन मुलुकमा बाहिरबाट प्रहार हुने कुनै पनि क्षेप्यास्त्रको प्रतिरोध गर्नेछ ।

मध्यपूर्वमा जारी ईस्लामिक विद्रोहको निशाना युरोपियन मुलुक बनिरहेका बेला अमेरिकाले रोमानियालाई आधार बनाएर सैन्य पकड विस्तार गरेको हो ।

युरोपियन राष्ट्रहरुको प्रतिरक्षामा उत्तर एट्लान्टिक सन्धि संगठन नेटोलाई सहयोग गर्ने प्रतिरक्षा प्रणाली स्थापना गरेको अमेरिकाले जिकिर गरेको छ ।

तर रुसले भने यसको विरोध गर्दै यो स्टेशनलाई आफ्नो सुरक्षा खतराको रुपमा ब्याख्या गरेको छ ।

दुई वर्षअघि युक्रेनको क्राईमियालाई रुसले आफ्नो अधिनमा गाभेपछि पूर्वसोभियत राष्ट्रको सुरक्षा र सम्प्रभुतामा अमेरिकाले युरोपियन युनियन र नेटोमार्फत् विशेष निगरानी राख्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी