इराकमा भएको श्रृंखलाबद्ध कार बम बिस्फोटमा ९३ जनाको मृत्यु

इराकमा भएको श्रृंखलाबद्ध कार बम बिस्फोटमा ९३ जनाको मृत्यु

  • बिहिबार, बैशाख ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी ३० वैशाख ।

इराकको राजधानी बग्दादमा भएको श्रृंखलाबद्ध कार बम बिस्फोटमा ९३ जनाको मृत्यु भएको छ । बिस्फोटमा अन्य ८७ जना घाइते भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

घाइतेहरु मध्ये अधिकांशको अवस्था गम्भिर रहेको बताइएको छ । बग्दादमा भएको यो बिस्फोट अहिलेसम्मकै सबैभन्दा घातक भएको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।

व्यस्त बजारमा भएको पहिलो बिस्फोटमा मारिनेमा अधिकांश महिला तथा बालबालिका रहेको प्रत्यक्षदर्शीले बताएका छन् । राजधानी बग्दादस्थित सिया मुस्लिम समुदायको बाहुल्यता रहेको साद्र शहरमा भएको उक्त बिस्फोटपछि थप दुईवटा कार बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अरु दुई वटा आत्मघाती विस्फोट उत्तरी कदीमिया क्षेत्रमा रहेको प्रहरीको चेकप्वाइन्टलाई लक्षित गरी र पश्चिमी क्षेत्रमा गराइएको विस्फोटमा २९ जनाको ज्यान गएको छ । विस्फोटको जिम्मा विद्रोही संगठन इस्लामिक स्टेट आईएसले लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी