बंगलादेशमा कट्टरपन्थी पार्टीका नेतालाई फाँसी

बंगलादेशमा कट्टरपन्थी पार्टीका नेतालाई फाँसी

  • बुधबार, बैशाख २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ २९ वैशाख ।  

युद्ध अपराधको अभियोगमा बंगलादेशको जमाते इस्लामी पार्टीका एक नेतालाई फाँसी दिइएको छ ।

बंगलादेशकै सबैभन्दा ठूलो मानिएको इस्लामिक कट्टरपन्थी पार्टीका नेता मुतिउर रहमान निजामीलाई ढाका स्थित केन्द्रिय कारागारमा फाँसी दिइएको हो ।

उनलाई सन् १९७१ मा पाकिस्तानसँग स्वतन्त्र हुने क्रममा भएको संघर्षमा मानवता बिरोधी अपराधमा दोषी ठहर गर्दै फाँसी दिइएको अन्तर्राष्ट्रिय सन्चार मध्यामले जनाएका छन् ।

निजामी बंगलादेशमा सन् २०१३ देखि अहिलेसम्म फाँसीको सजाय पाउने पाँचौं नेता हुन् । यसअघिका दुई नेतालाई फाँसी दिँदा बंगलादेशभर प्रदर्शन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ