एजेन्सी, २८ बैशाख ।
अमेरिकी गठबन्धन सेनाले इस्लामिक अतिवादी संगठन आईएसका एक मुख्य कमान्डर मारिएको दाबी गरेको छ ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार इराकको अनबर प्रान्तमा गरिएको आक्रमणमा आइएसका मुख्य कमान्डर अबु वाहिव मारिएकोे छन् ।
वाहिव अल कायदा इराकका पूर्व सदस्य पनि हुन् । उनी अनबरमा भएको आक्रमणका क्रममा मारिएको पेन्टागनले जनाएको छ ।
वाहिब यसअघि पनि विभिन्न पटक मारिएको खबर आएको थियो, तर पछि उनी जिवितै रहेको प्रमाणित भएको थियो । वाहिबसँगै आक्रमणमा अरु तीन जना लडाकू पनि मारिएका थिए ।
इराकमा अमेरिकी गठबन्धन सेनाले सन् २०१४ देखि नै कारबाही थालेको हो । अबु वाहिव मारिएपछि आइएसलाई भने केही धक्का लागेको छ ।
यद्यपी यसबारे आईएसले कुनै प्रतिक्रिया दिएको छैन । इराकमा उनकै नेतृत्वमा आइएसले आतंकवादी गतिबिधी गर्दै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline