अफगानिस्तानमा ६ जना तालिबानी लडाकुलाई फाँसी

अफगानिस्तानमा ६ जना तालिबानी लडाकुलाई फाँसी

  • सोमवार, बैशाख २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी २७ वैशाख ।  

अफगानिस्तानमा ६ जना तालिबान कैदीलाई फाँसीको सजाय दिइएको छ । सन् २०१४ मा अशरफ घानी राष्ट्रपति बनेपछि तालिबान कैदीलाई फाँसी दिइएको यो पहिलो पटक हो ।

नागरिक तथा सार्वजनिक सुरक्षामा गम्भीर अपराध गरेको आरोपमा ६ तालिबान कैदीलाई फाँसी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सन् २०११ मा राष्ट्रपति बुरहानुद्दिन रब्बानीको हत्यामा संलग्न तालिबान कैदीलाई फाँसी दिइएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ ।

यसैबिच तालिबानले हेलमण्ड प्रान्तको मुख्य शहर लश्कर गाहस्थित दुई प्रहरी नाकामा प्रहरी नाकामा आक्रामण गरेको छ । आक्रमणमा १५ सुरक्षा अधिकारी मारिएको तालिवानले दाबी गरेको छ ।

तर प्रहरीले भने १४ जना तालिबान लडाकु मारिएको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ