तामाङ डाजाङको अध्यक्षमा सन्चु ब्लोन

तामाङ डाजाङको अध्यक्षमा सन्चु ब्लोन

  • आइतवार, बैशाख २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौ २६ वैशाख ।  

तामाङ डाजाङको नवौं अधिवेशनबाट सन्चु ब्लोनको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्य समिति चयन गरिएको छ ।

राजधानीको कमलादीस्थित सि डब्लु रेष्टुरेन्टमा हिजो सम्पन्न अधिवेशनले उपाध्यक्षमा फूलकुमार बम्जन, सचिवमा प्रकाश थिङ, सह–सचिबमा धाम्जे दोर्जे र कोषाध्यक्षमा बिना थिङलाई चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा क्रमश : नेत्र तामाङ, साम्देन दोङ, राम गोम्जा, मणिकलाल घिसिङ, हिरामाया घिसिङ, प्रेम थोकर, बुद्धराम थिङ, अमिर योन्जन, रुपक घलान, प्रयत्न वाइबा, निकिता वाइबा चुनिएका छन् ।

१ जना सदस्यलाई भने कार्यसमितिले चयन गर्ने डाजाङले जनाएको छ । बन्द सत्र डाजाङका सल्लाहकार द्धय अमृत योन्जन तामाङ र इन्द्र घिसिङ तथा तामाङ लोक सम्राट चन्द्र कुमार मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सन्चु ब्लोन तामाङ डाजाङको आठौं अध्यक्ष हुनुहुनुन्छ । यसअघि यकिना अगाध, दीपक घिसिङ, मायालु ङेसुर, इन्द्र तामाङ–२ कार्यकाल, भक्तवीर योन्जन, अर्जुनबहादुर तामाङ, बुद्ध योन्जन लामा–२ कार्यकाल अध्यक्ष भइसक्नु भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा तामाङ साहित्यमा सक्रिया विभिन्न स्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो ।

सो क्रममा मेच्छे, काभ्रेका स्रष्टा इश्वर थोकर र कालिन्जोर सर्लाहीका आदर्श कुमार थिङलाई तामाङ साहित्य पुरस्कार नगद रु.१००१।– (एक हजार एक) सहित प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

त्यसैगरी तामाङ डाजाङलाई हरेक क्षेत्रबाट सहयोग गर्नुहुने समाजसेवी टासी लामा, समुन्द्रमान घिसिङ , प्रेम लामा र सी.बी. लामा लगायतका व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको छ ।

यस्तै छापा पत्रकार तर्फ कान्तिपुर दैनिकका फूलमान बल, नागरिक दैनिका दिपेन्द्र लामा, गोरखापत्रका दीपक श्रेष्ठ र शिवा तामाङ, छार गोङमा मासिकका प्रतिक ङेसुर, जनप्रतिरोध साप्ताहिकका पेमा लामा, रोशी साप्ताहिकका प्रमोद पाण्डे, दामन पोष्ट राष्ट्रिय साप्ताहिकका शन्तराम बिडारी, जन भावना साप्ताहिकका पूर्ण कार्की र साप्तिाहिक विमर्शका शंकर रोक्का सम्मानित हुनु भएको छ ।

त्यसैगरी रेडियो सगरमाथाका समन्त प्रसाद आचार्य र अनलाइन पत्रिकाहरु तामाङ समाज डट कमबाट बिष्णु मोक्तान, एभरेष्ट अनलाइनबाट नेत्र तामाङ, तामाङ अनलाइन डट कमबाट बी.बी. लामा तामाङ र तामाङ डाटा बेसबाट मिङ्मार तामाङ सम्मानित हुनु भएका छन् ।

शुभकामना मन्तव्य राख्नु हुँदै प्रमुख अतिथि मुकारुङले राज्यले बजेट विनियोजनमा गरेको विभेदका कारण मातृभाषाहरुको विकास हुन नसकेको बताउनु भयो ।

त्यसैगरी नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले आफ्नो मन्तव्य राख्नु हुँदै तामाङ डाजाङले गरेको कार्यहरुको प्रसंशा गर्नुहुँदै घेदुङले आगामी दिनहरुमा साहित्यिक कार्यहरुमा सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।

कार्यक्रममा समाज शास्त्री डा. मुक्तसिं लामा, बौद्धनाथ क्षेत्रविकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामा, तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान, पुरस्कृत इश्वर थोकर, सम्मानित चाइल्ड स्पेश फाउण्डेशनका अध्यक्ष टासी लामा, सम्मानित दीपक श्रेष्ठ, शन्तराम बिडारी र समन्त प्रसाद आचार्यले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ