काठमाडौं, २५ बैशाख ।
बेलायती इतिहासमा पहिलोपटक मुसलमान मेयरमा चुनिएका छन् । प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता सदिक खान लण्डनको मेयर पदमा निर्वा्चित भएका छन् ।
कन्जरभेटिभ पार्टीका मेयर पदका प्रत्यासी ज्याक गोल्डस्मिथलाई हराउँदै खान विजयी बनेको समाचार संस्थाहरुले जनाएका छन् ।
खानको विजयले अरु अल्पसंख्यकहरुलाई पनि उच्च ओहदामा पुग्न प्रेरणा दिने विश्वास राजनीतिक विश्लेषकहरुले गरेका छन् ।
लण्डनमा धान्न सक्ने मूल्यका आवास उपलब्ध गराउने र महंगी घटाउने जस्ता खानको चुनावी वाचा कार्यान्वयन गर्न भने निकै कठीन हुने विश्लेषण गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline