बैशाख २४ एजेन्सी । सिरीयाको उत्तरी क्षेत्रमा रहेको ईदिविल प्रान्तमा रहेको शरणार्थी शिविरमा भएको हवाई हमलामा ३० जनाको मृत्यु भएको दावी मानवअधिकारवादीहरुले गरेका छन् ।
एलेप्पोमा अस्थायी युद्ध बिराम का लागि रुस र अमेरीकाको दवावमा सरकार र विद्रोही तयार भएको केही समय पछि नै उक्त घटना भएको अधिकारवादीहरुको दावी छ । सो ईलाका विद्रोहीहरुको नियन्त्रणमा रहदै आएको छ ।
सयुक्त राष्टसंघले यदी सिरियामा अझै पनि हिंशा नरोकिए चार लाख मानिस टर्की पलायन हुन बाध्य हुन सक्ने चेतावनी दिएको छ ।
वर्षौ देखि जारी गृहयुद्धका कारण सिरीयामा २ लाख भन्दा बढी मानिसको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline